बारम्बार सोधिने प्रश्नहरू

मनोरञ्‍जन कर ३३३४२ मा जम्मा नभई अन्य राजस्व शीर्षकमा दाखिला हुन गएमा राजस्व भौचर संशोधन गरिदिन महालेखा नियन्त्रक कार्यालयमा पत्र लेखी भौचरसमेत संलग्न गरी पठाउनु पर्नेछ।

प्रदेशको आर्थिक ऐनमा दर तोकिएको मनोरञ्‍जन कर उठाएर स्थानीय विभाज्य कोष खातामा जम्मा गर्न राजस्व शीर्षक ३३३४२ (मनोरञ्जन कर) मा दाखिला गर्नु पर्दछ। एकीकृत आर्थिक संकेत वर्गीकरण र व्याख्या, २०७४ मा यो राजस्व शीर्षकको व्यवस्था रहेको छ। यसमा मेला महोत्सवको मनोरञ्जन कर, चलचित्र हल, दोहोरी साँझ, डान्सबार, पार्क लगायतका मनोरञ्जनात्मक व्यवसाय/क्रियाकलाप, पिकनिकस्थल, क्यासिनोबाट सङ्कलन हुने मनोरञ्जन कर ३३३४२ मा जम्मा गर्नु पर्दछ। मनोरञ्जन कर लाग्ने व्यवसायको नवीकरण गर्दा मनोरञ्जन कर समेत लिनु पर्दछ।

कारोबार भएको आर्थिक वर्ष भित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा राजस्व शीर्षक संशोधनका लागि लेखी पठाउन सकिने छ।

आय ठेक्‍कामा सङ्‍कलन गरेको मूल्य अभिवृद्धि कर राजस्व शीर्षक ३३३१७ (मू.अ. कर-बेदर्तावालाबाट गर्ने सङ्‍कलन) मा दाखिला गर्नु पर्नेछ। आय ठेक्‍का लिने व्यवसायीले दाखिला गरेर भौचर बुझाउने भए पनि ३३३१७ मा दाखिला गर्न लगाउनु पर्दछ। भौचरमा विवरण भर्दा ठेक्‍काको नाम र व्यवसायीको स्थायी लेखा नम्बर राखिदिन सकिन्छ।